• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

काठमाडौं उपत्यकामा आजदेखि के खाेल्न पाइन्छ, के पाईंदैन ? (सूचीसहित)

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलाे हुँदैछ ।

निषेधाज्ञा कायमै भएपनि केही प्रावधानलाई असार ७ गतेसम्म खुकुलाे बनाइएकाे हाे । आजदेखि तरकारी, फलफूल, खाद्यान्न पसल, दूध डेरी, मासु, ग्यास पसलहरु, किराना पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । यसअघि बिहान ९ बजेसम्म मात्र खाेल्न पाइने व्यवस्था थियाे ।

पुस्तक पसल पनि बिहान ११ बजेसम्म खाेल्न पाइने छ । यसअघि पुस्तक पसल खाेल्न दिइएकाे थिएन । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिइने काठमाडाैं जिल्ला प्रशासनले जारी गरेकाे आदेशमा उल्लेख छ । कृषि वस्तुको ढुवानी गर्न पाइने छ । राति ९ देखि बिहान ५ बजेसम्म निर्माण सामग्री पनि ढुवानी गर्न पाइने छ ।

होटल रेष्टुरेन्टले ‘टेक अवे’ सेवा सञ्चालन गर्न पाउनेछन् । अनलाइन हाेम डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइनेछ । सवारीसाधन मर्मत गर्ने वर्कसप बेलुका ९ बजेसम्म नै खाेल्न पाइनेछ ।  सहकारी संस्थालाई समेत सञ्चालन गर्न दिइनेछ । औषधि, खाद्य वस्तु तथा अन्य वस्तु र अत्यावश्यक सेवा लिन सर्वधारणलाई मास्क लगाएर हिँड्न दिइनेछ । 

सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजा, शैक्षिक संस्थाहरु, सार्वजनिक सवारी साधन सञ्‍चालनमा रोक लगाउने निर्णय यथावत् छ । 

 

प्रतिकृया दिनुहोस