डडेल्धुरामा संक्रमित घट्दै
डडेल्धुरा । जिल्लामा कोरोना संक्रमितको निको हुने संख्या बढ्दै गइरहेको छ ।
पछिल्लो समय संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । दोस्रो चरणको कूल संक्रमित एक हजार एक सय ८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयक प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाभरिमा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा गरी एक सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एकजना मात्रै संक्रमित पुष्टि भएको उहाँले बताउनुभयो । संक्रमितको निको हुने दर बढेसँगै जिल्ला अस्पतालका साथै स्थानीय तहले बनाएका संस्थागत आइसोलेशनका श्यया खाली हुन थालेका छन् ।
संक्रमितका आत्मबल उच्च भएमा सहजै कोरोनालाई जित्न सकिने निको भएकाको भनाइ छ ।
–रासस


प्रतिकृया दिनुहोस