अष्ट्रिया सरकारले सहयोग गरेको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो
काठमाडौं । अष्ट्रिया सरकारले नेपाल सरकारलाई सहयोग गरेको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।
सान मारियो एक्जुकेटिभ एभियसन एयरलाइन्सको भियना– काठमाडौं उडानबाट ती समाग्री आइतबार बिहान नेपाल आइपुगेका हुन् । स्वास्थ्य समाग्री ७ हजार १ सय ३३ केजी तौलका छन् । अष्ट्रिया सरकारको मानविय सहायता कार्यक्रम अन्तर्गत ती समाग्री आएका हुन् ।
सहयोग गरिएका समाग्रीमा मेडिक मास्क २६ कार्टुन, एफएफपीटू मास्क चार कार्टुन, ग्लोभ्स १९ कार्टुन र फेस सिल्ड पाँच कार्टुन रहेका छन् ।


प्रतिकृया दिनुहोस