२४ घण्टामा ६२९५ संक्रमित निकाे भए,३३८४ जना थपिए
काठमाडाैं । नेपालमा गत २४ घण्टामा ३ हजार ३ सय ८४ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ ।
८ हजार ५ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ८२ जना र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार २ जना कुल ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
याेसँगै अहिलेसम्म पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेकाे संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेकाे मन्त्रालयले शनिबार जारी गरेकाे तथ्यांकमा उल्लेख छ । एन्टीजेन विधिबाट गरिएकाे परीक्षणमा १९ हजार ७ सय ५७ जनामा कोभिड पुष्टि भएको छ ।
गत २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ । नेपालमा काेभिड निकाे हुने दर ८६ दशमलव ९ प्रतिशत पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
केही दिन यता ज्यान गुमाउनेकाे संख्या पनि कम हुँदै गएकाे छ । गत २४ घण्टामा ६१ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ । नेपालमा काेभिड मृत्युदर १ दशमलव ६ प्रतिशत रहेकाे मन्त्रालयले जनाएकाे छ ।
नेपालमा आज ७१ हजार ३ सय १ सक्रिय संक्रमित छन् ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस