बेताली–काठमाडौं सम्पर्क समाजले गर्यो अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको अस्पताललाई बेताली–काठमाडौं सम्पर्क समाजले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
समाजले अस्पताललाई १५ वटा बेड सहयोग गरेको छ । त्यस्तै अस्पताललाई मण्डि, सिरक लगायतका सामाग्री समेत सहयोग गरिएको छ ।
अस्पताललाई समाजले अक्सोमिटर, निबुलाईजर स्टिमर, ग्लुकोमिटर तथा नगद पाँच हजार समेत सहयोग गरेको गाउँपालिका उपाध्यक्ष राधीका श्रेष्ठ नेवारले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस