• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

२४ घण्टामा ३७४९ संक्रमित थपिए, ५२९३ जना निको भए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमितकाे संख्या घट्ने क्रम बढेकाे छ ।

गत २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोभिड संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । देशभरका विभिन्न प्रयोगशालामा  ९ हजार ९ सय १ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८७४ र ५ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा काेभिड देखिएकाे हाे ।

याेसँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या ६ लाख १ हजार ६ सय ८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७ सय १४ पुगेको छ ।  नेपालमा कुल संक्रमितकाे संख्या ६ लाख १९ हजार ४ सय १ पुगेकाे छ ।

गत २४ घण्टामा ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन् । याेसँगै निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ ।

गत २४ घण्टामा ५९ जनाले ज्यान गुमाएका छन् । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ८ हजार २ सय ३८ पुगेकाे छ । देशभर आज ७७ हजार ८ सय ५८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस