• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

रामेछापमा असार २ गतेसम्म निषेधाज्ञा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछाप जिल्लामा असार २ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

यस अघि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिने भएपछि स्थानीय प्रशासनले असार २ गतेसम्मका लागि निषेधाज्ञा थपेको हो ।

जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकको निर्णय अनुसार सात दिनको लागि निषेधाज्ञा थपिएको हो । जिल्लाको समुदाय स्तरमा संक्रमणको उच्च जोखिम कायम नै रहेकोले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले बताउनुभयो ।

स्थानीय प्रशासनले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

अत्यावश्यक उपभोग्य सामान, तरकारी, फलफूल, माछा, मासु, पशुदाना, मल बिऊका पसल, दुधडेरी जस्ता पसल बिहान पाँच बजेदेखि नौ बजेसम्म खोल्न पाउने छन् ।

बैँक, सहकारी तथा वित्तिय संस्था बिहान १० बजेदेखि २ बजेसम्म हप्ताको तीन दिनसम्म खुल्ने भएको छ ।

 

प्रतिकृया दिनुहोस