• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाललाई काेभिड खोप दिन भन्दै बेलायका १६ सांसद्ले लेखे विदेशमन्त्रीलाई पत्र

सनराइज खबर

सनराइज खबर

काठमाडौं । काेभिड-१९ काे दाेस्राे लहरसँग लडिरहेकाे नेपालबारे बेलायतका सांसद्ले चिन्ता र चासाे व्यक्त गरेका छन् ।

नेपाललाई अहिले काेभिड विरुद्धकाे खाेप सहायता आवश्यक रहेकाे भन्दै १६ बेलायती सांसद्ले बेलायत सरकारकाे ध्यानाकर्षण गराएका छन् । नेपाललाई खोप लगायत स्वास्थ्य सहायता उपलब्ध गराउन भन्दै बेलायतका १६ जना सांसद्ले विदेशमन्त्री डोमिनिक रावलाई पत्र नै लेखेका छन् ।

सांसद्हरु क्रिष्टी ब्ल्याकमेन, माइक एम्सबेरी, सराह चाम्पियन, एलन डोरान्स, प्याट्रिक ग्रेडी, निल हानभेई, क्रिस ल, क्यारोलिना लुकास, केन्नी म्याक्स अस्किल, स्टेवार्ट म्याकडोनाल्ड, क्यारोलिन नोक्स, टोमी सेपर्ड, जराह सुल्ताना, एलिसन थेल्विस, क्लाउडिया बेब्बे र माइक ह्वाइटले विदेशमन्त्रीलाई पत्र लेख्नुभएकाे हाे ।

उहाँहरुले नेपाललाई तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गर्नुभएकाे छ । नेपालले भाेगिरहेकाे काेभिड महामारीकाे अवस्थाबारे पनि १६ सांसद्ले पत्रमा उल्लेख गर्नुभएकाे छ । कोभ्याक्सबाट खोप आउन ढिलाइ हुने देखिएका उल्लेख गर्दै ती सांसद्ले केही राज्यमा लगाइ राखिएको खोपमा कटौती गरेर र अन्य विकासशील मुलुकलाई दिने भनिएको खोप नेपाललाई दिन अनुराेध गर्नुभएकाे छ ।

नेपाली गोर्खालीले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग पत्रमा उल्लेख गर्दै ती सांसद्ले नेपाललाई जरुरी परेको बेला बेलायतले पनि सघाउनुपर्ने पत्रमा उल्लेख गर्नुभएकाे छ ।

हेर्नुस् पत्र:

 

प्रतिकृया दिनुहोस