जर्मन सरकारले पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो
काठमाडौं । जर्मन सरकारले नेपाल सरकालाई राहत स्वरुप पठकएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।
युरोपियन युनियनको संयोजकत्वमा जर्मन सरकारले पाठएका ती स्वास्थ्य सामाग्री टर्किस कार्गो एयरको ईस्तानबुल–काठमाडौं विमानबाट मंगलबार बिहान काठमाडौं आएको हो ।
विभिन्न खालका १७ हजार ४ सय ३२ केजी सो स्वास्थ्य सामाग्री नेपालका लागि जर्मनका राजदुत रोनाल्ड साफाले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नु भयो ।
जर्मनले दिएको स्वास्थ्य सामाग्रीमा केएन–९५ मास्क २० लाख ६८ हजार ५ सय थान रहेका छन् । त्यस्तै भेन्टिलेटर १ सय १२ थान, गम बुट्स ४ सय थान, पल्स अक्सोमिटर २९ हजार थान, सर्जिकल मास्क ३ करोड ४० लाख, ३० हजार थान र ह्याण्ड डिसइन्फेक्टेड २५ हजार लिटर रहेको छ ।


प्रतिकृया दिनुहोस