एउटै खेलमा बार्यनको २३ गोल
काठमाडौं । जर्मन बुन्डेस लिगा च्याम्पियन बार्यन म्युनिख क्लबले एउटै खेलमा २३ गोल गरेको छ । प्रि–सिजन अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्यन जर्मनकै तल्तो तहको क्लब रोटाच एर्गनलाई २३ गोलले हराएको हो ।
रोटाचविरुद्ध गोलको वर्षा गर्ने क्रममा बार्यनका पाँच खेलाडीले ह्याट्रिक गरे । रोबर्ट लेवान्डोस्की, थोमस मुलर, वेकएरे वेरिड र लियोन गोर्तेज्काले ह्याट्रिक गरेका हुन् ।
त्यसैगरी टोलिसोले चार गोल गरे । यस्तै सान्चेजले दुई, लियोन डाजाकुले एक, सरप्रित सिंहले एक र नोलेन बर्गरले एक गोल गरे । बायर्नले एक गोल भने उपहार पाएको थियो ।
रोटाचका खेलाडीले खेलको ७३ औँ मिनेटमा बार्यनको पोष्टमा एक गोल गरेका थिए ।
यसअघि करिब एक वर्ष अघि भएको मैत्रीपूर्ण खेलमा समेत रोटाच बायर्नसँग २०–२ गोल अन्तरले पराजित भएको थियो ।


प्रतिकृया दिनुहोस