• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

४८ हजारले लगाए कोरोनाविरुद्धको खोप

समाचार

समाचार

भक्तपुर । यहाँका ४८ हजार दुई सय ५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो मात्रा लगाएका छन् । जिल्लाका चार नगरपालिकामा सञ्चालित दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत सो संख्यामा खोप लगाइएको हो । 

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार चार सय ५२ , मध्यपुरथिमिमा ११ हजार तीन सय १९, भक्तपुरमा १६ हजार तीन सय ४७  र चाँगुनारायणमा आठ हजार एक सय ३९ जनाले खोप लगाएका छन् ।

भेरोसेलको पहिलो मात्रा लगाउने १८ वर्षमाथिका  नगरबासीलाई खोप लगाइएको थियो । जिल्लामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २० हजार ६ सय १३ पुगेको छ । ती मध्ये ११ हजार दुई सय ८५ पुरुष र नाै हजार तीन सय २८ महिला  छन् ।  सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ५९ छन् ।

 स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोनाबाट दुई सय ७० जनाको ज्यान गएको छ । ती मध्ये एक सय ७४ पुरुष र ९६  महिला  छन् ।

–रासस
 

प्रतिकृया दिनुहोस