• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपालमा ८४.२ प्रतिशत संक्रमित निकाे भए, २४ घण्टामा ६९५१ जनाले काेभिड जिते

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमणमुक्त हुनेकाे संख्या बढ्दै गएकाे छ ।

केही दिन यता संक्रमित हुने भन्दा निकाे हुनेकाे संख्या बढ्दै गइरहेकाे छ । नेपालमा काेभिड निकाे हुने दर ८४ दशमलव २ प्रतिशत पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना संक्रमण मुक्त भएका छन् । याेसँगै नेपालमा कोभिडमुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको मन्त्रालयले जनाएकाे छ । यसअघि आइतबार ६ हजार ६३६ र शनिबार ८ हजार २ सय ४३ संक्रमणमुक्त भएका थिए ।

गत २४ घण्टामा देशभर थप ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले साेमबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । १२ हजार २ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय २ जनामा काेभिड देखिएकाे हाे । जसमा काठमाडाैं काठमाडौं उपत्यकाका मात्र १ हजार १ सय १५ जना छन् । काठमाडौंमा ७ सय ९०, भक्तपुरमा १ सय ३५ र ललितपुरमा १ सय ९० जना संक्रमित थपिएका हुन् ।

गत २४ घण्टामा नेपालमा ९२ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ९० पुगेको मन्त्रालयले जनाएकाे छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या ८५ हजार ५ सय ४४ छ ।

 

 

 

प्रतिकृया दिनुहोस