३४७९ संक्रमित थपिँदा ६६३६ जना निकाे भए, ९९ ले ज्यान गुमाए
काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमणबाट मुक्त हुनेकाे संख्या दिनहुँ बढ्दै गएकाे छ । केही दिन यता संक्रमित हुने भन्दा निकाे हुनेकाे संख्या बढ्न थालेकाे हाे ।
गत २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा काेभिड निकाे हुने दर ८३ दशमलव ५ प्रतिशत पुगेकाे छ । केही दिन यता निकाे हुनेकाे संख्या बढ्दै गएकाले केही आशा बढेकाे मन्त्रालयले जनाएकाे छ ।
यसअघि शनिबार ८ हजार २ सय ४३ तथा शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए ।
गत २४ घण्टामा ३ हजार ४ सय ७९ जना संक्रमित थपिएका छन् । १० हजार ४ सय ७१ काे पीसीआर परीक्षण गर्दा ३ हजार २४ र ३ हजार २ सय ६२ काे एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हाे ।
गत २४ घण्टामा ९९ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ७ हजार ८ सय ९८ पुगेको छ । आज देशभर ८९ हजार २ सय १७ जना सक्रिय संक्रमित छन् ।


प्रतिकृया दिनुहोस