• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाललाई डेनमार्कले १४ लाख डोज खोप दिने

सनराइज खबर

सनराइज खबर

काठमाडौं । नेपाललाई डेनमार्कले कोभिड–१९ विरुद्धको १४ लाख डोज खोप दिने भएको छ ।

नेपाललाई डेनमार्कले अनुदानमा खाेप दिन लागेकाे हाे । अष्ट्राजेनिकाको काेभिड विरुद्धको खोप युनिसेफमार्फत दिने निर्णयसहित । डेनमार्कले नेपाललाई पत्राचार गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

डेनमार्क सरकारको पत्र पाएलगत्तै खोप ल्याउने प्रक्रियाका लागि युनिसेफलाई सो पत्र पठाइएको विभागले जनाएकाे छ ।  साे खोप कहिले पठाउने भन्ने निर्णय युनिसेफले नै गर्ने विभागले जनाएको छ ।

सबै नेपालीलाई खाेप लगाउनका लागि सरकारले कूटनीतिक पहल गरिरहेकाे छ ।

प्रतिकृया दिनुहोस