• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

गण्डकीमा ५६६ संक्रमित थपिए,५२३ जना निकाे भए

सनराइज खबर

सनराइज खबर

काठमाडाैं । गण्डकी प्रदेशमा ५ सय ६६ जना काेभिड-१९ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा गण्डकीका विभिन्न जिल्लामा ५ सय ६६ जना संक्रमित थपिएका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । गत २४ घण्टामा ५ सय २३ जना संक्रमित निकाे भएका छन् । गत २४ घण्टामा १५ जनाको संक्रमितकाे ज्यान गएकाे निर्देशनालयले जनाएकाे छ ।

गण्डकीमा कुल संक्रमितकाे संख्या ४५ हजार ९ सय ८७ पुगेकाे छ । तीमध्ये ३५ हजार ७ सय ७३ जना निकाे भएका छन् । हाल प्रदेशभर ९ हजार ४ सय ६६ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म गण्डकीमा ७ सय ४८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

अन्य प्रदेशमा संक्रमण निकाे हुने दर बढेपनि गण्डकीमा नबढेकाे केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस