• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रगतिशील युवा समाजद्वारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रगतिशील युवा समाज दोरम्बाले रामेछापको सुनापती–१ गुन्सीको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

स्वास्थ्य चौकीको आइसोलेसन वार्डलाई संस्थाले ग्याँस सहितको अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।  

संस्थाका सदस्य सुशिल चौलागाईँका अनुसार स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर पाँच थान, पीपीई सेट १० थान, अक्सिमिटर दुई थान, थर्मलगन एक थान, डिजिटल थर्मोमिटर पाँच थान, प्रेसर नाप्ने डिजिटल मेसिन दुई थान, सेनिटाइजर १५ लिटर,  फेस सिल्ड १० थान, एक हजार थान सर्जिकल मास्क र  २ सय पिस ग्लोब्स् लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

ती सामाग्री मध्ये अक्सिजन सिलिन्डर, पीपीई सेट र फेस सिल्ड राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गरेको उहाँले बताउनुभयो ।

यस अघि पनि सो संस्थाले दोरम्बाका दुईवटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

 

प्रतिकृया दिनुहोस