• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कोभिड संक्रमितको उपचारको लागि स्वास्थ्य सामाग्री सहयोग

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सेतु नेपाल काठमाडौंको आर्थिक सहयोग तथा मन्थली नगरपालिका–८ वडा कार्यालयको समन्वय र सिर्जनशील युवा समाज चिसापानीको सहजीकरणमा अस्थायी आइसोलेसन सेन्टर चिसापानीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने स्वास्थ्य सामाग्री शनिबार सिर्जनशील युवा समाजका अध्यक्ष भुवन श्रेष्ठले वडाध्यक्ष राजकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । लामो समयदेखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दैआएको सेतु नेपालले ४० केजीको अक्सिजन ग्याँस चार वटा, पीपीई २० सेट, १० बक्सा माक्स, चार बक्सा ग्लोब्स, २० लिटर सेनिटाइजर र २० लिटर क्लोरिन सहयोग गरेको छ ।

सो संस्थाले उक्त आइसोलेसन केन्द्र र रामेछाप जिल्लाका अन्य स्वास्थ्य संस्थालाई समेत स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

चिसापानीमा सञ्चालित आइसोलेसन सेन्टर जिल्लामा नै समुदायले सञ्चालन गरेको पहिलो आइसोलेसन सेन्टर हो । होल्डिङ सेन्टरको रुपमा रहेको सो आइसोलेसन केन्द्रमा तीन वटा बेड रहेका छन् । केन्द्रमा अक्सिजन सहितको उपचारको व्यवस्था मिलाइएको छ ।   

सामाग्री बुझ्दै वडाध्यक्ष राजकुमार श्रेष्ठले प्राप्त सामाग्रीले संक्रमितको उपचारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले संक्रमित बढेको कारण परीक्षणको दायरा बढाउनको लागि एन्टिजेन किट सहयोग गर्न  सरकार तथा दातालाई अनुरोध गर्नुभयो ।

प्रतिकृया दिनुहोस