स्वास्थ्य मन्त्रालयले भन्यो : बीस प्रतिशत बेड बालबालिकालाई छुट्याउनु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश भरिका अस्पताल तथा स्वास्थ्य संस्थामा बालबालिकाको उपचारको लागि कम्तिमा २० प्रतिशत बेड व्यवस्था गर्न आग्रह गरेको छ ।
मन्त्रालयले शुक्रबार देशभरका सबै सरकारी, सहकारी, सामुदायीक तथा निजी अस्पताललाई पत्राचार गरी कोभिड महामारीलाई लक्षित गरी अस्पतालका कूल बेड संख्या मध्ये २० प्रतिशत बेड बालबालिकाको लागि तयारी अवस्थामा राख्न आह्वान गरेको हो ।
महामारीको पहिलो र दोस्रो लहरमा युवा र प्रौढ संक्रमित भएका भए पनि यदि तेस्रो र चौथो लहर आयो भने बालबालिका बढी संक्रमित हुन सक्ने भएकोले सुरुदेखिनै व्यवस्थापनको काममा लाग्न मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले प्राण वायु अर्थात् अक्सिजनको समेत उचित प्रवन्ध गर्न आग्रह गरेको छ । मन्त्रालयले कोभिडको दोस्रो लहरले अस्तव्यस्त बनाउन खोजको भए पनि सबैको मेहनेतले कोभिड नियन्त्रण काबु भित्रै रहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस