संक्रमितलाई भत्ता र ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड—१९ संक्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ ।
यस्तै गाउँपालिकाले कोभिड संक्रमणबाट ज्यान गुमाउने परिवारलाई २५ हजार उपलब्ध गराउने भएको छ ।
कोभिड—१९ संक्रमित भएर लामो समयसम्म आइसोलेसनमा बस्ता आर्थिक समस्या आउने भएकाले सो रकम प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी दुम्वापोले बताउनुभयो ।
उहाँले भन्नुभयो,'कोभिड—१९ संक्रमितलाई पौष्टिक आहार फलफूल, चना, अण्डा उपलब्ध गराउने निर्णय गरेका थियौं । कसैको घरमा गुजारा चलाउनै समस्या भएको छ । त्यसैले नगद उपलब्ध गराइयो भने आफ्नै आवश्यताअनुसार खर्च गर्न सक्ने भएकाले नगद प्रदान गर्ने निर्णय गरिएको हो ।'
गाउँपालिकामा सक्रिय कोभिड संक्रमित ३३ जना रहेको र १० जना निको भइसकेको स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले बताउनुभो ।
कोभिड संक्रमणबाट एकको ज्यान गएको छ ।
— रासस


प्रतिकृया दिनुहोस