नेपाललाई अमेरिकीले ठूलो परिमाणमा खोप दिने *
काठमाडाैं । नेपाललाई अमेरिकाले ठूलो परिमाणमा काेभिड विरुद्धकाे खाेप उपलब्ध गराउने घाेषणा गरेकाे छ । खोपको परिमाण भने अहिले निश्चित भइसकेको छैन ।
अमेरिकाले खोप दिन लागेको प्रधानमन्त्री केपी ओली स्वयंले पुष्टि गर्नुभएको छ । उहाँले ट्वीटरमा लेख्दै अमेरिकाका राष्ट्रपतिलाई धन्यवाद दिनुभएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि काेभिड खाेप सहयाेग गरेकाेमा अमेरिका र अमेरिकी जनतालाई ट्वीटरमार्फत धन्यवाद दिनुभएकाे छ ।
‘खोपको भोको’ नेपालले खोपका लागि विभिन्न देशसँग सहयोग मागिरहेको थियो । राष्ट्रपति भण्डारीले खोप ल्याउन विशेष कूटनीतिक पहल गर्नुभएको थियो । उहाँले खोप ल्याउन अन्तराष्ट्रिय समुदायलाई विशेष अपिल पनि गर्नुभएको थियो ।
* खोपको परिमाण तोकेर प्रकाशित यो समाचारबाट परिमाण हटाइएको छ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस