• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

२४ घण्टामा ६८२५ संक्रमित थपिए,५९०४ जना निकाे भए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालमा थप ६ हजार ८ सय २५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १८ हजार ५ सय ६२ जनाकाे पीसीआर गर्दा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ काे एन्टिजेन परीक्षण गर्दा १ हजार जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै नेपालमा काेभिड संक्रमितकाे संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेकाे छ । तीाध्ये ४ लाख लाख ६७ हजार ४ सय ६७ जना निकाे भएका छन् । नेपालमा काेभिड निकाे हुने दर ८१ प्रतिशत रहेकाे मन्त्रालयले बिहीबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । गत २४ घण्टामा ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा ७५ जना संक्रमितको ज्यान गएको छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ७ हजार ६ सय ३० पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

 

प्रतिकृया दिनुहोस