कोभिड संक्रमितलाई भेट्न कोसेली लिएर पुगे आयुर्वेदका स्वास्थ्यकर्मी
काठमाडौं । आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका स्वास्थ्यकर्मीहरु कोभिड संक्रमितलाई भेट्न कोसेली बोकेर संक्रमितको घरघरमा पुगेका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका अध्यक्ष गोपाल श्रेष्ठ सहितको टोली संक्रमितलाई कोसेली स्वरुप आयुर्वेदीक ओषधी लिएर घरघरमा पुगेको हो ।
सोही क्रममा बिहीबार मन्थली नगरपालिका–२ पिप्लेका ११ घर परिवारका ३५ जना संक्रमितकोमा पुगि कोसेली स्वरुप आयुर्वेदीक औषधी उपलब्ध लगाइएको स्वास्थ्य केन्द्रका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीले घरघरमा गई कोभिडको बारेमा अभिमुखीकरण गर्नुको साथै परामर्श समेत दिनुभएको थियो । सो क्रममा उहाँहरुलाई प्रतिरोधात्मक क्षमता बढ्ने औषधी समेत प्रदान गरिएको थियो ।


प्रतिकृया दिनुहोस