यी हुन् विदेशबाट आउनेका लागि तोकिएका हाेटल क्वारेन्टिन (सूचीसहित)
काठमाडाैं । सरकारले विदेशबाट फर्कने यात्रुका लागि ७८ वटा होटललाई क्वारेन्टिन होटल तोकेको छ ।
सरकारले नयाँ मापदण्डसहित हाेटल क्वारेन्टिनकाे सूची सार्वजनिक गरेकाे हाे । सरकारले कतार, टर्की र चीनका लागि सातामा १-१ पटक उडान खाेलेकाे छ । याेसँगै पर्यटन विभागले ७ पाँचतारे, ३ चार तारे, तीन ७ तारे र २ वटा रिसाेर्टसहित नयाँ होटल क्वारेन्टिनको सूची सार्वजनिक गरेको हो ।
विभागले यसअघि भारतबाट आउने यात्रुका लागि तोकिएको ८ होटललाई पनि यही सूचीमा राखेकाे छ ।
क्वारेन्टिनका रूपमा प्रयोग हुने होटलका लागि सरकारले मापदण्ड पनि ताेकेकाे छ । त्यस्ता हाेटल कम्तीमा २० कोठा भएको हुन पर्नेछ । क्वारेन्टिन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला ठाउँ र बगैँचा हुनुपर्छ ।
होटलको कोठामा टिभी, वाईफाईको सुविधा अनिवार्य हुनुपर्छ । अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्था भएकाे हुनुपर्छ । होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र दिनुपर्छ । होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमुना संकलनका लागि पर्याप्त ठाउँ भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
सरकारले नेपाली तथा विदेशी नागरिक नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड ०७८ जारी गरिसकेकाे छ । जसअनुसार खाडीका देश र मलेसियाबाट रोजगारी गरी फर्किएकालाई ५ दिन र अन्य देशबाट फर्कनेका लागि १० दिनको होटल क्वारेन्टिन अनिवार्य गरिएकाे छ । नेपाल आउन चाहने यात्रुले पछिल्लो ७२ घण्टाको फोटो एवं बारकोडसहितको पीसीआर रिपोर्टमा कोभिड-१९ नेगेटिभ भएको र क्वारेन्टिनका लागि १० दिनको होटल बुकिङ गरेको प्रमाण देखाउनुपर्नेछ ।





प्रतिकृया दिनुहोस