• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सामुदायिक विकास समाजले दोरम्बा अस्पताललाई दियो पाँचलाख बराबरका स्वास्थ्य सामाग्री

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । सामुदायिक विकास समाज मन्थलीले रामेछापको दोरम्बा प्राथमिक अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

संस्थाले अस्पताललाई कोभिड उपचारको लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो । स्वास्थ्य सामाग्री करिब ५ लाख मूल्य बराबरका छन् ।

संस्थाका निर्देशक मिलनकुमार घिसिङका अनुसार दोरम्बा गाउँपालिका–२ दोरम्बाको दोरम्बा प्राथमिक अस्पतालका लागि ती सामाग्री प्रदान गरिएको हो । कोभिड अस्पतालमा रुपमा रहेको सो अस्पतालमा उपचारमा सहयोग पुगोस् भनि सो सहयोग गरिएको उहाँले बताउनुभयो ।

अस्पतालाई दुई थान अक्सिजन कन्सन्टेटर, २० थान पीपीई सेट, एक हजार थान मास्क, ५ सय जोर पन्जा, अक्सिमिटर, सेनिटाइजर, डिसइन्फेक्सन स्प्रेयर पम्प, लिक्विड लागयत कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्रि हस्तारण गरिएको उहाँले जानकारी दिनुभयो ।

सामाग्री बुझ्दै दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले सहयोगले बिरामीको उपचारमा सहज हुने बताउनुभयो । उहाँले प्राप्त सामाग्रीले मानिसको ज्यान जोगाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले रोग खतरनाक भएकोले लापरबाही नगर्न पनि सबैमा आग्रह गर्नुभयो ।

भूमि आयोग रामेछापका अध्यक्ष तुलप्रसाद काँडेलले यस्तो विपतको बेलामा सानो सानो सहयोगले पनि धेरैको ज्यान बचाउन सकिने बताउनुभयो । उहाँले कोभिडको तेस्रो लहर समेत आउने प्रक्षेपण गरिरहेको अवस्थामा आवश्यक तयारी र सहयोग जुटाउने काममा लाग्न सबैमा अनुरोध गर्नुभयो ।

सो क्रममा अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई विद्युतीय जग, मास्क, भिटामिन, च्यावनप्रास लगायतका सामाग्री समेत संस्थाले उपलब्ध गराएको  थियो ।

 

प्रतिकृया दिनुहोस