७२१९ संक्रमित निकाे भए, ५३१६ जना थपिए, १०१ ले ज्यान गुमाए
काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमणमुक्त हुनेकाे संख्या दिनहुँ बढ्न थालेकाे छ ।
गत २४ घण्टामा देशभर ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा काेभिड निकाे हुने दर ८० दशमलव ८ प्रतिशत रहेकाे मन्त्रालयले बुधबार जारी गरेकाे तथ्यांकमा उल्लेख छ ।
गत २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जना संक्रमित थपिएका छन् । १६ हजार ८ सय ५ जनाकाे पीसीआर गर्दा ४ हजार ५ सय २४ र ३ हजार ७३ काे एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९२ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।
थपिएका संक्रमितमध्ये काठमाडाैं उपत्यकामा १ हजार ४ सय ५६ जना छन् । काठमाडौंका ९ सय ६९, भक्तपुरका १ सय ८७ र ललितपुरका १ सय ६ जनामा संक्रमण देखिएकाे हाे । देशभर सक्रिय संक्रमितकाे संख्या १ लाख ४ हजार ७ सय ८९ पुगेकाे छ ।
गत २४ घण्टामा १ सय १ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ७ हजार ५ सय ५५ पुगेकाे छ ।


प्रतिकृया दिनुहोस