उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा, खाद्यान्न पसल बिहान ९ बजेसम्म खाेल्न पाइने
काठमाडौं । काठमाडाैं उपत्यकामा फेरि निषेधाज्ञा थपिएकाे छ ।
बुधबार बसेकाे काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे संयुक्त बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा कायम गर्ने निर्णय गरेकाे हाे । निषेधाज्ञाकाे माेडालिटी परिवर्तन गर्दै जेठ मसान्तसम्म कायमै राख्ने निर्णय भएकाे काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयाे ।
काठमाडाैंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाकाे संयुक्त बैठकले खाद्य पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय पनि गरेकाे छ।
पछिल्लाे पटक थपिएकाे निषेधाज्ञामा जेठ १४ देखि खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर बन्द गरिएकाे थियाे । अब जेठ २० गतेदेखि जनस्वास्थ्यका मापदण्ड अपनाएर निर्माणका काम पनि सञ्चालन गर्न दिइनेछ ।
अत्यावश्यकबाहेकका कार्यालय खोल्न नपाइने लगायत यसअघिका अन्य आदेश भने यथावतै रहेकाे उहाँले बताउनुभयाे ।


प्रतिकृया दिनुहोस