• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपालमा ८०.२ प्रतिशत काेभिड संक्रमित निकाे भए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा काेभिड-१९ बाट संक्रमण हुनेकाे संख्या दिनहुँ कम हुन थालेकाे छ ।

गत २४ घण्टामा ६ हजार ८ सय ९८ जना निकाे भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेकाे तथ्यांकमा उल्लेख छ । काेभिड निको हुने दर ८० दशमलव २ प्रतिशत पुगेको मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा १७ हजार १ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार २ सय ८५ जनामा र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । जसमा काठमाडौं उपत्यकाका मात्र १ हजार  सय ५ सय ५८ जना छन् । काठमाडाैंका १ हजार ६०, भक्तपुरका २ सय १५ र ललितपुरका २ सय ८३ जनामा संक्रमण देखिएकाे हाे ।

याेसँगै नेपालमा काेभिड संक्रमितकाे संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेकाे छ । तीमध्ये ४ लाख ५४ हजार ३ सय ४४ जना निकाे भएका छन् । अहिले देशभर १ लाख ४ हजार ७ सय ८९ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ६८ जना संक्रमितकाे ज्यान गएको छ । याेसँगै नेपालमा काेभिडकाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ४ सय ५४ पुगेकाे छ ।  

प्रतिकृया दिनुहोस