चीनले दिएको कोभिड विरुद्धको भ्याक्सिन काठमाडौं आइपुग्यो
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्तले नेपाल सरकारलाई उपलब्ध गराएको कोभिड विरुद्ध भ्याक्सिनको पहिलो खेप नेपाल आइपुगेको छ ।
सो खोप अन्तराष्ट्रिय उडानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगको हो । खोप काठमाडौं आइपुगेको नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले जानकारी दिनुभएको छ ।
चीन सरकारले नेपाललाई कोभिड विरुद्धको १० लाख डोज भ्याक्सिन निःशुल्क दिने भएको छ । सो मध्येको पहिलो खेप भ्याक्सिन आज काठमाडौं आइपुगेको हो ।
बाँकी भ्याक्सिन पनि चाँडै नेपाल आउँदै छ । भ्याक्सिन आएपछि थप खोप लगाउन सुरु गरिने भएको छ ।


प्रतिकृया दिनुहोस