• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

एमाले नेताद्वारा ६ लाख मूल्य बराबरका स्वास्थ्य सामाग्री प्रदान

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौैं । नेकपा एमालेका नेता एवं समाजसेवी दिपेन्द्रकुमार कार्कीले रामेछापको सुनपाति गाउँपालिकालाई निःशुल्क स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।

उहाँले कोभिड उपचारमा प्रयोगमा आउने स्वास्थ्य सामाग्री तथा तथा औषधी गाउँपालिकालाई प्रदान गर्नुभएको हो । गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा प्रयोग गर्ने गरी करिब ६ लाख मूल्य बराबरका ती सामाग्री उहाँले गाउँपालिकालाई हस्तान्तरण गर्नुभयो ।
 
उहाँले गाउँपालिकालाई अक्सिजन कन्सर्नटेटर चार वटा, इन्फ्रारेड थर्ममिटर आठ वटा, डिजिटल थर्ममिटर ७० वटा, साबुन १ सय २० वटा, करिव २ सय लिटर सेनिटाइजर, सर्जिकल मास्क ८ हजार थान तथा भिटामिन लगायतका विभिन्न औषधी समेत प्रदान गर्नुभएको छ ।   

स्वास्थ्य सामाग्री सुनापति गाउँपालिका अध्यक्ष धावा लामालाई हस्तान्तरण गरिएको हो । प्राप्त सामाग्री आवश्यकताको आधारमा गाउँपालिकाका स्वास्थ्य संस्थामा पठाइने स्वास्थ्य शाख प्रमुख अर्जुन श्रेष्ठले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस