यू–१९ एसिया कपका लागि नेपाली टोली अनौपचारिक प्रशिक्षणमा
काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली युवा टोलीलाई बिहीबारदेखि प्रशिक्षण दिन सुरु गरिएको छ । आगामी महिना श्रीलंकामा आयोजना हुने एसिया कप खेल्ने नेपाली टोलीलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज अनौपचारिक प्रशिक्षण दिन सुरु गरिएको हो ।
आजको प्रशिक्षणमा काठमाडौँमा उपलब्ध १७ खेलाडी मात्र सहभागी छन् । औपचारिक प्रशिक्षण भने यही साउन २७ सोमबारदेखि मात्रै सुरु हुने नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए ।
गत असारमा मलेसियामा सम्पन्न एसिसी इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि जितेर नेपालले एसिया कपमा स्थान बनाएको थियो । नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै एशिया कपको यात्रा तय गरेको थियो ।
आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना एसिसी यू–१९ एसिया कपमा एसियाका पाँच वटा टेस्ट मान्यता प्राप्त राष्ट्रसहित आठ टोली सहभागी हुने छन् ।
जसमा नेपाल, भारत, पाकिस्तान श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई) र कुवेतले प्रतिस्पर्धा गर्ने छन् ।


प्रतिकृया दिनुहोस