• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

काठमाडौं महानगरमा भोलिदेखि कोभिड परीक्षण (तालिकासहित)

सनराइज खबर

सनराइज खबर

काठमाडौं । काठमाडाैं महानगरपालिकाले शुक्रबारदेखि एन्टिजेन विधिबाट काेभिड-१९ परीक्षण थाल्ने भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतकाे इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखासँगको सहकार्यमा जेठ १४ देखि १८ गतेसम्म बृहत काेभिड परीक्षण गरिने काठमाडौं महानगरले जनाएकाे छ ।

समुदायमा संक्रमण फैलिए-नफैलिएकाे थाहा पाउन एन्टिजेन परीक्षण गर्न थालिएकाे महानगरले जनाएकाे छ । कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गरिनेछ ।

महानगरले परीक्षण तालिका समेत प्रकाशित गरेकाे हाे । हरेक केन्द्रमा संयाेजक ताेकिएकाे छ । साे अवधिमा हरेक दिन १० वटा केन्द्रबाट बिहान र दिउँसाे गरेर दुई सिफ्टमा काेभिड परीक्षण गरिने महानगरले जनाएकाे छ । परीक्षण रिपाेर्ट तत्काल आउने र पाेजेटिभ देखिएकालाई आइसाेलेशनमा राखिने महानगरले जनाएकाे छ ।

हेर्नुस् तालिका:

 

प्रतिकृया दिनुहोस