• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

अहिलेसम्म कति प्रहरीले लगाए काेभिड विरुद्धकाे खाेप ?

सनराइज खबर

सनराइज खबर

काठमाडौं । कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीलाई काेभिशिल्ड खाेपकाे दाेस्राे डाेज लगाउन थालिएकाे छ।

पहिलो डोज खोप लगाएका प्रहरीलाई बुधबारदेखि दोस्रो डोज खोप लगाउने व्यवस्था थालिएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । अत्यन्त जोखिमपूर्ण रुपमा ड्युटीमा खटिने प्रहरीलाई खोप न्यून भइरहेको अवस्थालाई पनि लगाउने व्यवस्था गरिएकाे हाे । प्रहरी प्रधान कार्यालयको विशेष पहलमा सीमित कोभिशिल्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधबार, बिहीबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको हाे ।

महानगरीय सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा बुधबार र बिहीबार गरेर प्रहरी प्रधान कार्यालय तथा मातहतमा कार्यरत १ हजार ३ सय ११ जनालाई खोप लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा ४ सय ३४ जना, महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहत वृत्तहरु समेतमा १ हजार ४८ जना, महानगरीय प्रहरी परिसर ललितपुरमा २ सय ५० जना र महानगरीय प्रहरी परिसर भक्तपुरमा ३ सय ५० जनालाई कोभिशिल्डकाे दोस्रो डोज खोप लगाइएको छ ।

शुक्रबार समेत थप प्रहरीलाई खोप लगाइने छ । नेपाल प्रहरीमा देशभर कार्यरत प्रहरीमध्ये हालसम्म ३७ हजार ९ सय ६१ जनाले पहिलो चरणमा र २४ हजार १ सय ६० जनाले दोस्रो चरणमा खोप लगाएका कार्यालयले जनाएकाे छ ।

नेपालमा ६९ हजार बढी प्रहरी छन् ।

प्रतिकृया दिनुहोस