• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

संक्रमणमुक्त हुनेकाे संख्या बढ्न थाल्याे,२४ घण्टामा ७२२६ जना निकाे भए

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमणमुक्त हुनेकाे संख्या बढ्न थालेकाे छ ।

गत २४ घण्टामा ७ हजार २ सय २६ जना निकाे भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । बुधबार पनि संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढी थियाे । काठमाडाैं उपत्यकासहित केही जिल्लामा संक्रमण निकाे हुने दर बढेकाे छ । तर अपेक्षाअनुसार संक्रमण दर भने नघटेकाे मन्त्रालयले जनाएकाे छ ।

मृत्युदर पनि आज केही घटेकाे छ । गत २४ घण्टामा १ सय ६ जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।

गत २४ घण्टामा ६ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् । २० हजार ४ सय १४ जनाकाे पीसीआर गर्दा ६ हजार ७ सय ३१ र २ सय ८ जनाकाे एन्टिजेन परीक्षण गर्दा २ सय ८ गरेर  ६ हजार ३ सय ३९ जनामा संक्रमण देखिएकाे हाे । योसँगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । तीमध्ये ४ लाख १८ हजार ८ सय २९ जना निकाे भएका छन् ।

देशभर सक्रिय संक्रमितकाे संख्या १ लाख १६ हजार ४ सय ७६ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस