• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

स्टेरोइड र एन्टिबायोटिक्स औषधि जथाभावी प्रयोग नगर्नू - स्वास्थ्य मन्त्रालय

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टेरोइड र एन्टिबायोटिक्स औषधि जथाभावी प्रयोग नगर्न अनुराेध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले साे अनुराेध गर्नुभएकाे हाे । विशेषगरी हाेम आइसाेलेशनमा बसेका संक्रमितहरुले चिकित्सककाे सल्लाह विपरित जथाभावी औषधि सेवन गरेकाे पाइकाले त्यसाे नगर्न उहाँले अनुराेध गर्नुभएकाे हाे ।

स्टेरोइड र एन्टिबायोटिक्स स्वास्थ्यकर्मीको सल्लाह, सिफारिस र निगरानीमा रहेर मात्र प्रयोग गर्नुपर्ने भएकाले जथाभावी प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्या देखापर्ने मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा बुधबार उहाँले जानकारी दिनुभयाे । 

जथाभावी स्टेरोइड र एन्टिबायोटिक्सको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्याहरु देखापरिरहेकाले सचेत हुन आग्रह गर्दै उहाँले भन्नुभयाे - 'त्यस्ता औषधिले शरीरमा सुगर लेभल बढाउने लगायत समस्या देखिन्छ, त्यसैले स्वास्थ्यकर्मीकाे सल्लाहबिना स्टेरोइड र एन्टिबायोटिक्स प्रयाेग नगर्न अनुराेध गर्छाैं ।'

काेभिडबाट जाेगिनका लागि जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि उहाँले आग्रह गर्नुभयाे ।
 


 

प्रतिकृया दिनुहोस