• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कटारी नगरपालिकाले कोभिडबाट ज्यान गुमाएकाका परिवालाई आर्थिक सहायता गर्ने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौै । उदयपुरको कटारी नगरपालिकाले कोभिडबाट ज्यान गुमाएकाका अतिविपन्न परिवालाई आर्थिक सहयोग गर्ने भएको छ ।

नगर कार्यपालिकाको बैठकले अतिविपन्न परिवारलाई तत्काल आर्थिक सहायता स्वरुपम २५ हजार रुपैँया उपलब्ध गराउने निर्णय गरेको हो । नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वडा कार्यालयको सिफारिसमा त्यस्तो रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले कोभिड संक्रमतिको लागि आवश्यक सामाग्री समेत खरिद गरी वितरण गर्ने निर्णय गरेको छ ।

यसैगरी सो नगरपालिकाको वडा नं १० मा जमिन धसिएर १३ घरधुरी विस्थापित हुने अवस्थामा पुगेको सन्दर्भमा भूगर्वविदको टोली मगाएर अध्ययन गरी बस्नै नहुने अवस्था भएको भए उनीहरुलाई अन्यत्र स्थान खोजि व्यवस्थापन गर्ने निर्णय समेत गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस