नेपाललाई चीनले तत्काल १० लाख डोज खोप दिने
काठमाडौं । नेपाललाई चीनले तत्काल १० लाख डोज खोप दिने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज भएकाे फाेन वार्ता लगत्तै चीनले सो घोषणा गरेको हो । चीनले नेपाललाई तत्काल १० लाख डाेज खाेप अनुदानस्वरुप उपलब्ध गराउने जानकारी नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले दिनुभएकाे छ ।
नेपालका राष्ट्रपति भण्डारीसँगकाे फोन संवादका क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाललाई अनुदानस्वरुप १० लाख डोज कोभिड खोप उपलब्ध गराउने घोषणा गर्नुभएकाे राजदूत यान्छीले ट्वीटरमा उल्लेख गर्नुभएकाे छ । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउन लागेकाे हाे ।
During today's phone conversation with Nepali President Bidya Devi Bhandari, Chinese President Xi Jinping announced that China will provide 1 million doses of COVID-19 vaccines to Nepal under grant assistance. pic.twitter.com/0d2OWT2mYd
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 26, 2021
राष्ट्रपति भण्डारीले बुधबार दिउँसो चिनियाँ समकक्षी सी चिनफिङसँग फोन वार्ता गर्नुभएकाे थियाे । टेलिफाेन वार्ताका क्रममा राष्ट्रपति भण्डारीले सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न नेपाल इच्छुक रहेकाले त्यसका लागि पहल गरिदिन अनुरोध गर्नुभएकाे थियाे । साे अनुराेध लगत्तै चीनले खाेप दिने घाेषणा गरेकाे हाे ।
राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालका अनुसार वार्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सहभागी हुनुहुन्थ्याे । यसअघि चीनले ८ लाख डोज भेराेसेल खोप अनुदानस्वरुप उपलब्ध गराइसकेको छ । चीनले अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गराइसकेकाे छ ।
याे पनि पढाैं
राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोन वार्ता, खाेपका लागि पहल गरिदिन अनुराेध


प्रतिकृया दिनुहोस