• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

२४ घण्टामा ६७१६ जना संक्रमित निकाे भए, ६७१४ थपिए

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपालमा गत २४ घण्टामा ६ हजार ७ सय १४ जना काेभिड-१९ संक्रमित थपिएका छन् ।

पछिल्लाे समय नेपालमा दैनिक ८ हजार बढी संक्रमित थपिरहेका बेला आज संक्रमितकाे संख्या घटेकाे छ । आज संक्रमित हुने भन्दा निकाे हुनेकाे संख्या बढेकाे छ । १९ हजार ३० पीसीआर परीक्षण गर्दा ६ हजार ६ सय ७७ र ३ सय २२ जनाकाे एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगै नेपालमा काेभिड संक्रमण पुष्टि हुनेकाे संख्या पाँच लाख ३५ हजार ५ सय २५ पुगेकाे छ । तीमध्ये ४ लाख ११ हजार ६ सय ३ जना निकाे भएका छन् । नेपालमा निकाे हुने दर ७६ दशमलव ९ प्रतिशत पुगेको छ । गत २४ घण्टामा ६ हजार ७ सय १६ जना निकाे भएकाे छन् ।

गत २४ घण्टामा १ सय ४५ जना संक्रमितकाे ज्यान गएकाे मन्त्रालयका प्रवक्ता डा‍. समिरकुमार अधिकारीले जानकारी दिनुभयाे । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ६ हजार ८ सय ८५ पुगेकाे ‍छ ।   

देशभर १ लाख १७ हजार ७७ जना संक्रमित छन् ।

 

 

प्रतिकृया दिनुहोस