प्रगतिशिल युवा समाजद्वारा स्वास्थ्य सामाग्री सहयोग
काठमाडौं । प्रगतिशिल युवा समाज दोरम्बाले रामेछापमा दुईवटा स्वास्थ्य संस्थालाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
संस्थाका सदस्य सुशिल चौलागाईँका अनुसार संस्थाले दाताबाट जुटाएर दोरम्बा प्राथमिक अस्पताल दोरम्बा र रिष्ठे आधारभुत स्वास्थ्य केन्द्र लखनपुरलाई ती सामाग्री प्रदान गरेको हो ।
दोरम्बा अस्पताललाई ग्यास सहितको तीनवटा १५ केजीको अक्सिजन सिलिण्डर प्रदान गरिएको छ । सोही अस्पताललाई पीपीई सेट पाँच थान, थर्मलगन एक, अक्सिमिटर एक, सेनिटाइजर १० लिटर र एक हजार थान सर्जिकल मास्क प्रदान गरिएको चौलागाईँले जानकारी दिनुभयो ।
त्यस्तै रिष्ठे आधारभुत स्वास्थ्य केन्द्रलाई अक्सिजन ग्याँससहितको सिलिण्डर दुई वटा, थर्मलगन एक थान, एक थान अक्सोमिटर, चार थान थर्ममिटर तथा एक हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
ती स्वास्थ्य सामाग्री वडाध्यक्ष अम्बिकाप्रसाद गजुरेल र स्वास्थ्य चौकीका प्रतिनिधि भोला ढुंगेललाई हस्तान्तरण गरिएको थियो ।
दोरम्बामा भने गाउँपालिका अध्यक्ष कमानसिं मोक्तान, उपाध्यक्ष क्रिशला घिसिङ लगातको उपस्थितिमा अस्पतालका प्रमुख डा. सन्तोष श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएका सामाग्री मध्ये अक्जिन सिलिण्डर राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले सहयोग गर्नुभएको हो ।


प्रतिकृया दिनुहोस