• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

चिसापानीमा स्थापना भयो अल्पकालीन सेवा केन्द्र

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा कोभिड संक्रमितको उपचारका लागि अल्पकालीन सेवा केन्द्र स्थापना गरिएको छ ।

जिल्ला सदरमुकाम मन्थली–१ पछि सबैभन्दा बढी कोभिड प्रभावित सो वडामा स्थानीय सहकारी र सामाजिक संस्थाको आर्थिक सहयोगमा सेवा केन्द्र स्थापना गरिएको हो ।

समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिर्जनशिल युवा समाज, चिसापानी र चिसापानी जनकल्याण समाज काठमाडौैंको आर्थिक सहयोगमा मंगलबार सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चिसापानीका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

चिसापानीको आयुर्वेदीक सेवा केन्द्रमा स्थापना गरिएको अल्पनकालीन सेवा केन्द्रमा अक्सिजन सहितका तीनवटा बेड राखिएको छ । सेवा केन्द्रको दुईवटा कोठामा सो व्यवस्थापन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

सो अल्पकालीन सेवा केन्द्रमा आउने बिरामीलाई हेल्थ असिस्टेन्ट, कविराज, अनमी लगायतले स्वास्थ्य सेवा दिने प्रवन्ध मिलाइएको छ । बिरामीलाई अक्सिजन सहितको औषधीको व्यवस्था समेत गरिएको छ ।  

गाउँमा संक्रमित बढेपछि अक्सिजनको अभावमा तत्काल बिरामीलाई समस्या नपरोस् भनेर सो केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो । अल्पकालीन सेवा केन्द्रमा प्रारम्भीक उपचार पछि बिरामीको अवस्था हेरी स्वास्थ्यकर्मीले थप उपचारको लागि अन्यत्र रिफर गर्ने वा होम आइसोलेशनमा पठाउने उहाँले जानकारी दिनुभयो ।  

 

प्रतिकृया दिनुहोस