कोरोना संक्रमणबाट पहिलोपटक गयाे ज्यान
ओखलढुंगा । कोरोना संक्रमणबाट यहाँ एक महिलाको ज्यान गएको छ । सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिलाको ज्यान गएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।
यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।
जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना संक्रमणबाट ज्यान गएको भए पनि जिल्लामा रहेका संक्रमितको यसअघि ज्यान गएको थिएन ।
–रासस


प्रतिकृया दिनुहोस