नेपाली कांग्रेसका क्षेत्रीय सचिव ऐरको निधन
कञ्चनपुर । नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोभिडट्ठ संक्रमणका कारण गए राति निधन भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
गत वैशाख २८ गते पिसिआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेशनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बसोबास गर्दै आउनुभएको थियो ।
युवाबीच ऐर लोकप्रिय नेताका रुपमा स्थापित हुनुहुन्थ्यो । ऐरका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । ऐरको निधन भएपछि सिंगाे पार्टी जिल्ला समिति शोकमग्न भएको छ ।
नेपाली कांग्रेस शुक्लाफाँटाका नेता तेज शाहले उहाँको निधनले पूरै पार्टी स्तब्ध भएको बताउनुभयो ।
– रासस


प्रतिकृया दिनुहोस