• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

२४ घण्टामा ८८४८ जना संक्रमित निकाे भए,८९८० थपिए

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपालमा एकैपटक ८ हजार ८ सय ४८ जना काेभिड-१९ संक्रमित निकाे भएका छन् ।

गत २४ घण्टामा ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालका एकैदिन कोरोनाबाट मुक्त हुने संख्या यो अहिलेसम्मकै धेरैे हो । हिजो ७ हजार ८ सय ९० निकाे भएका थिए ।

गत २४ घण्टामा देशभर ८ हजार ९ सय ८० जना संक्रमित थपिएका छन् । याेसँगै नेपालमा काेभिड संक्रमितकाे संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेकाे छ । तीमध्ये ३ लाख ८३ हजार ६ सय ८४ जना निकाे भएका छन् ।

गत २४ घण्टामा १ सय २९ जनाले ज्यान गुमाएका छन् । योसँगै देशभर कोभिडका कारण ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको मन्त्रालयले शनिबार जारी गरेकाे तथ्यांकमा उल्लेख छ ।

अहिले देशभर १ लाख १५ हजार ८०६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

 

प्रतिकृया दिनुहोस