तोडे अनसन केसीले
काठमाडौं । डा. गोविन्द केसीले अनसन तोडेका छन् । संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएको परिप्रेक्षमा केसीको अनसन औचित्यविहिन बन्दै गएको थियो।
केसीले पूर्व प्रधानन्यायधीश सुशीला कार्की लगायतले दिएको जुस पिएर केसीले अनसन अन्त्य गरेका हुन् ।
केसीले चिकित्सा शिक्षा विधेयकमा त्रुटी रहेको भन्दै सो त्रुटी नसच्याइए पुन अनसन बस्ने बताएका छन् ।
केसीले सोह्रौं पटक अनसन गरेका हुन् । चिकित्सा शिक्षा विधेयक बिहिबार राष्ट्रिय सभाले पारित गरेको थियो । प्रतिनिधिसभाले त्यस अघि नै पारित गरिसकेको थियो । संसदबाट विधेयक पारित भएपछि केसीले अनसन अन्त्य गर्नुलाई संसदप्रतिको सम्मान ठानिएको छ ।


प्रतिकृया दिनुहोस