भारतद्वारा वेस्ट इन्डिजविरुद्धको टी–२० क्रिकेट शृंखला क्लिन स्विप
काठमाडौं । भारतले वेस्ट इन्डिज विरुद्धको वेस्ट तीन टी–२० क्रिकेट खेलको शृंखला क्लिन स्विप गरेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जित्दै भारतले शृंखला क्लिनस्विप गरेको हो ।
वेस्ट इन्डिजले दिएको एक सय ४७ रनको लक्ष्य भारतले१९ ओभर एक बलमा ३ विकेट गुमाएर पुरा ग्रयो ।
सुरुवातमा खराब व्याटिङ गरेको भारतले २७ रन बनाउँदा दुई विकेट गुमाएको थियो । तर, तर कप्तान विराट कोहली र रिशव पन्तले टोलीको इनिङ्स समालेका थिए । पन्तले ६५ र विराट कोहलीको ५९ रन बनाए । त्यसैगरी लोकेश राहुलले २० रन जोडे ।
वेस्ट इन्डिजका ओसने थोमसले दुई तथा फविन एलेनले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि कायरन पोलार्डले सर्वाधिक ५८ रन बनाए । त्यस्तै रोभमन पवलले अविजित ३२ रनको योगदान दिए । यसैगरी निकोलस पुरनले १७, कार्लोस ब्रेथवेट र इल्भिस लुइसले समान १०/१० रन बताए ।
बलिङतर्फ भारतका दिपक चाहरले तीन र नवदीप साइनीले दुई विकेट लिए ।
क्यारेबियन भूमीमा खेलिएका तीन वटै टि–ट्वेन्टी खेल जित्दै भारतले शृंखला आफ्नो पक्षमा पारेको हो ।


प्रतिकृया दिनुहोस