संक्रमण निको हुने दर ७५.१ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ३०५ मा कोभिड संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त कोभिड संक्रमित फेला परेका हुन् । मन्त्रालयको विवरणअनुसार २१ हजार ६ राय९५ पिसिआर परीक्षण गरिएको थियो भने तीन सय ९२ एन्टिजेन परीक्षण गरिएको थियो । छ हजार पाँच सय ४३ जना भने निको भएका छन् ।
नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित एक सय ९० को निधन भएको छ । आजको विवरणसहित हालसम्म कूल पाँच हजार आठ सय ४७ को निधन भएको छ । कूल चार लाख ८८ हजार ६ सय ४५ कोरोना पोजेटिभ हुँदा तीन लाख ६६ हजार नाै सय ४६ जना भने निको भएका छन् । यस आधारमा निको हुने दर ७५.१ प्रतिशत रहेको छ । कोभिडको दोस्रो लहरपछि कोभिड पोजेटिभ हुनेको संख्या एक लाख १५ हजार आठ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा सक्रिय संक्रमितको संख्या २४ हजार तीन सय ८९ रहेका छन् । कुल एक लाख ४६ हजार दुई सय ८६ निको हुँदा एक हजार तीन सय २६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार सात सय ८३ सक्रिय संक्रमित छन् भने १२ हजार चार सय ७३ निको भएका छन् । यस्तै दुई सय ६२ को ज्यान गएको छ । ललितपुरमा छ हजार आठ सय ९५ सक्रिय संक्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा तीन सय ४७ को ज्यान गएको छ
तीन चिकित्सकले ज्यान गुमाए
कोभिड संक्रमणका कारणले हालसम्म तीन चिकित्सकको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा।. समिरकुमार अधिकारीले संक्रमणबाट कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा. ईश्वरलाल आचार्य, डा. मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिनुभयो ।
मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ । हालसम्म सङ्क्रमबाट पाँच हजार आठ सय ४७ को ज्यान गइसकेको छ ।
– रासस


प्रतिकृया दिनुहोस