• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

संक्रमण निको हुने दर ७५.१ प्रतिशत

समाचार

समाचार

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ३०५ मा कोभिड संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त कोभिड संक्रमित फेला परेका हुन् । मन्त्रालयको विवरणअनुसार २१ हजार ६ राय९५ पिसिआर परीक्षण गरिएको थियो भने तीन सय ९२ एन्टिजेन परीक्षण गरिएको थियो ।  छ हजार पाँच सय ४३ जना भने निको भएका छन् । 

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित एक सय ९० को  निधन भएको छ । आजको विवरणसहित हालसम्म कूल पाँच हजार आठ सय ४७ को निधन भएको छ । कूल चार लाख ८८ हजार ६ सय ४५ कोरोना पोजेटिभ हुँदा तीन लाख ६६ हजार नाै सय ४६ जना भने निको भएका छन् । यस आधारमा निको हुने दर ७५.१ प्रतिशत रहेको छ । कोभिडको दोस्रो लहरपछि कोभिड पोजेटिभ हुनेको संख्या एक लाख १५ हजार आठ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । 

काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा सक्रिय संक्रमितको संख्या २४ हजार तीन सय ८९ रहेका छन् । कुल एक लाख ४६ हजार दुई सय ८६  निको हुँदा एक हजार तीन सय २६ जनाको निधन भएको छ । भक्तपुरमा चार हजार सात सय ८३ सक्रिय संक्रमित छन् भने १२ हजार चार सय ७३  निको भएका छन् । यस्तै दुई सय ६२ को ज्यान गएको  छ ।  ललितपुरमा छ हजार आठ सय ९५ सक्रिय संक्रमित छन् भने २२ हजार १३ जना निको भएका छन् । सो जिल्लामा तीन सय ४७ को ज्यान गएको  छ 

तीन चिकित्सकले ज्यान गुमाए

कोभिड संक्रमणका कारणले हालसम्म तीन चिकित्सकको ज्यान गएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा।. समिरकुमार अधिकारीले संक्रमणबाट  कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा. ईश्वरलाल आचार्य, डा. मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिनुभयो  ।

मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ । हालसम्म सङ्क्रमबाट पाँच हजार आठ सय ४७ को ज्यान गइसकेको  छ ।

– रासस
 

प्रतिकृया दिनुहोस