• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

थप १९० जनाले ज्यान गुमाए, ८३०५ संक्रमित थपिए, ६५४३ निकाे भए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप ८ हजार ३ सय ५ जना काेभिड-१९ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा २१ हजार ६ सय ९५ जनाकाे पीसीआर परीक्षण गर्दा ८ हजार २ सय २७ जनामा र ३ सय ९२ जनाकाे एन्टिजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

याेसँगै नेपालमा काेभिड संक्रमितकाे संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । तीमध्ये ३ लाख ६६ हजार ९ सय ४६ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ६ हजार ५ सय ४३ जना निको भएका छन् ।

गत २४ घण्टामा थप १ सय ९० जनाको संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।

देशभर १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय छन् । तीमध्ये १ लाख ८ हजार ३८ होम आइसोलेशनमा छन् ।

 

 

 

प्रतिकृया दिनुहोस