• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

पछिल्लो २४ घण्टामा ८१७३ मा संक्रमण, २४६ को ज्यान गयो 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १ सय ७३  जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २४ घण्टामा २ सय ४६ जनाको ज्यान गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ गरी ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । 

काठमाडौं उपत्यकामा मात्र २ हजार ४ सय ८६ संक्रमित थपिएका छन् । जसमा काठमाडौंका १ हजार ९ सय ८८ ललितपुरका २ सय ७० र भक्तपुरका २ सय २८ जना छन् । 

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमण मुक्त भएका छन् ।
 

प्रतिकृया दिनुहोस