• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपालमा कोभिडका तीन भेरियन्ट 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट पत्ता लागेका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट संकलन गरिएको नमुनामा परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको हो । मन्त्रालयले गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरेको थियो । 

जसको आज प्राप्त नतिजा  अनुसार ९७ प्रतिशत अर्थात ३४ वटामा बी १.६१७.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १.६१७.१ भेरियन्ट पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई सचेत गराएको छ । 

प्रतिकृया दिनुहोस