एकैदिन ६८९१ ले कोभिडलाई जिते, १९६ को ज्यान गयो
काठमाडौं । गएको २४ घण्टामा नेपालमा एकैदिन ६ हजार आठ सय ९१ जनाले कोभिड जितेका छन् । सो अवधिमा आठ हजार दुई सय तीन नयाँ संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार २ सय ८६ जना र एन्टिजेन विधिबाट ६ सय ९३ गरी २० हजार नाै सय ७९ जनाको परिक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक सय ९६ संक्रमितले ज्यान गुमाएका छन् । यो सहित नेपालमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार चार सय ११ पुगेको छ ।
देश भर हालसम्म चार लाख ७२ हजार तीन सय ५४ जना संक्रमित भएका छन् । ती मध्ये तीन लाख ५२ हजार चार सय १४ जना निको भएका छन् ।
मन्त्रालयले आजबाट ‘घरमै पीसीआर परीक्षणका लागि नमुना संकलन गर्ने प्रोटोकल, २०७८’ सुरुवात गरेको पनि जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस